अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण काबेली हाइड्रोपावरको १७.८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो | यसले भदौ २६ गते वार्षिक साधारण सभा डाकेको छ । वार्षिक साधारण सभाका लागि भदौं १५ गतेदेखि बुक क्लोज हुनेछ | भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । यसकारण सोमबार सेयर कारोबार नहुने भएकाले आज आइतबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ । भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज हुनेछ ।

Related Posts: