असार ३१ नेको इन्सुरेन्सको साधारण सभा

नेको इन्सुरेन्सको साधारण सभा असार ३१ गते बस्दैछ । साधारण सभा कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । असार १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Related Posts: