आईपीओ निस्कासन गरेको रु रु जलविद्युत् विस्तृत विवरण

रु रु जलविद्युत् परियोजनाले  (RJPL) सर्व साधारणको लागि २०७७/१२/२० गते बाट २०७७/१२/२४ गते सम्म शेयर निष्काशन गर्ने गरेको छ । रु रु ले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा विक्री खुला गरेको हो ।

रु रु ले १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ प्रिमियम जोडेर १ सय २० रूपैयाँ प्रति कित्ताका दरले शेयर निस्कासन गरेको छ | जसबाट कम्पनीले ८१ लाख ५४ हजार १ सय २० रुपैयाँ प्रिमियम संकलन गर्न सक्ने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

यसले कुल निष्काशनको ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र २० हजार ३८५ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकि रहेको ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा सदस्य लिएका सबै बैंक तथा वित्तीय संस्था र बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट र मेरो शेयरको एपबाट आवेदन दिन सकिनेछ ।

किन भयो त १ सय २० रूपैयाँ प्रति कित्ता ?

कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणले कम्पनीको प्रति शेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्य रु.२३७.६८ रहेको छ | सोहि गणनाका आधारमध्ये पहिलो औषत तरिकाबाट प्राप्त औषत प्रिमियम मूल्य कम हुन आएकोले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ प्रिमियम जोडेर १ सय २० रूपैयाँ प्रति कित्ताका दरले निष्काशन तथा विक्री खुला गरेको हो ।

कहिले सम्म कति कित्ता शेयर भर्ने ?
रु रु जलविद्युत् परियोजनाले सर्व साधारणको लागि २०७७/१२/२० गते बाट २०७७/१२/२४ गते सम्म शेयर निष्काशन गर्ने गरेको छ ।
यसमा न्यूनतम १० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता सम्म आवेदन दिन सकिन्छ ।
रु रुले सर्वसाधारणलाई ३७९,१६७ हजार कित्ता शेयर निष्काशन गरेको छ | धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनु पर्नेछ | यसको अर्थ ३७ हजार जना आवेदकको हातमा दश कित्ता शेयर पर्ने छ | यस अघिको आईपिओको आवेदक संख्या अनुसार १८ लाख भन्दा माथि सजिलै आबेदन पर्न सक्छ त्यस कारण यस आईपिओमा १० कित्ता आवदेन दिंदा ठिक देखिन्छ।

कम्पनीको स्थापित मिति र रजिस्टर्ड ठेगाना :-
यस रु रु जलबिद्युत परियोजना लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६२/ १२/ ०९ मा नेपाल सरकार, कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रा. लि .को रुपमा दर्ता भइ मिति २०७२/०४/०७ गते पब्लिक लि. रुपमा परिणत भएको हो | यसको रजिस्टर्ड कार्यालय (केन्द्र कार्यालय ) काठमाडौं जिल्ला, का. म. न . पा. वडा नं . १ हात्तिसारमा रहेको छ |

कस्तो छ त वितिय अवस्था ?

कम्पनीको आर्थिक बर्ष २०७४/७५ को बार्षिक विवरण अनुसार प्रति शेयर आम्दानी १०.४६ रहेको छ , आर्थिक वर्ष२०७५/७६ मा संस्थाको प्रति शेयर आम्दानी १०.९३ र २०७६/७७ मा प्रति शेयर आम्दानी १७.९० रहेको छ | यसले २०७७/७८, ७८/७९ र ७९/८० मा क्रमस १४.३६, १५.५७ , १४.०१ हुने प्रक्षेपण गरेको छ |
लेखापरीक्षण सम्पन्न भएको विवरणको आधारमा कम्पनीले आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा विद्युत बिक्रिबाट क्रमसः १२ करोड २१ लाख, १२ करोड ३५ लाख र १४ करोड ६६ लाख आम्दानी गरेको थियो । यी आर्थिक वर्षमा कम्पनीले क्रमश ३ करोड ४१ लाख, ३ करोड ५६ लाख र ५ करोड ८३ लाख खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको प्रति शेयर वास्तविक नेटवर्थ क्रमश ११०.०१, ११०.९४ र ११८.८४ रहेको थियो ।
अपरिस्कृत विवरणको आधारमा कम्पनीले आर्थिक वर्ष ७७/७८ को पुस महिनासम्ममा ९ करोड २५ लाख विद्युत बिक्रिबाट आम्दानी गरेको छ भने यस अवधिको खुद नाफा ५ करोड ४९ लाख रहेको छ ।

कस्तो छ त प्रक्षेपित वितिय अवस्था ?
आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले प्रति शेयर नेटवर्थ क्रमश १२०.९०, १२६.४७ र १३०.४७ हुने प्रक्षेपण गरेको छ ।
आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी : १४.३६
आर्थिक वर्ष ७७/७८ मा नेवोर्थमा प्रतिफल : ११.८७ %
आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी : १५.५७
आर्थिक वर्ष ७८/७९ को नेवोर्थमा प्रतिफल : १२.३१ %

कम्पनीको पुजी करणको स्तिथि ?

हाल यस कम्पनीको अधिकृत पुजी पचास करोड रहेको छ | यस संस्थाको जारी पुजीचालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय रहेको छ । कम्पनीको चुक्ता पूँजी बत्तीस करोड एकसठ्ठी लाख चौसठ्ठी हजार चार सय रुपैंया रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई शेयर बाँडफाँड गरे पश्चात हाल कम्पनीको चुक्ता पूँजी छत्तीस करोड उनन्सत्तरी लाख चौंतिस हजार नौ सय पुगेको छ । सर्बसाधारणलाई ४,०७,७०६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको चुक्ता रकम चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय हुनेछ ।


अधिकृत पुँजी : पचास करोड
जारी पुँजी : चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय
चुक्ता पुँजी ( आईपीओ अघि ) : बत्तीस करोड एकसठ्ठी लाख चौसठ्ठी हजार चार सय रुपैंया
चुक्ता रकम ( आईपीओ पछि ) : चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय रुपैयाँ


सर्बसाधारणलाई आईपिओ निष्काशन पश्चात कम्पनीमा संस्थापकको शेयर स्वामित्व ८० प्रतिशत, स्थानीयको १० प्रतिशत र सर्बसाधारणको १० प्रतिशत रहने छ ।

कम्पनीको विद्युत खरिद बिक्रि दर

यसले आयोजनाबाट उत्पादन गरी उर्जा खरीद वापत वर्षायाममा प्रति कि.वा. घण्टा रु. ४ /- (चार रुपैंया मात्र) र सुख्खायाममा प्रति कि.वा. घण्टा रु. ७ \– (सात रुपैंया मात्र) विद्युत खरीद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तिय संस्थालाई बुझाउने छ । साथै व्यापारिक उत्पादन शुरु हुने मितिलाई आधार वर्ष मानी त्यसपछिको प्रत्येक आर्थिक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले नौ (९) पटकसम्म मूल्यवृद्घि दिई निम्न तालिका अनुसार विद्युत उर्जा खरीद दर कायम गरिएको छ ।

कस्तो छ कर्जा को अवस्था ?
यस संस्थाले कर्जाको कुल स्वीकृत सीमा रु. ४८ करोड २४ लाख भएकोमा २०७७ आश्विन मसान्तमा बाँकी कर्जा रु. २७ करोड ८६ लाख ५० हजार रहेको छ । कम्पनीले आश्विन मसान्त २०७७ सम्म २० करोड ३७ लाख ५० हजार कर्जा भुक्तान गरेको छ भने अब २७ करोड ८६ लाख ५० हजार तिर्न बाँकि रहेको छ ।

कस्तो पायो त क्रेडिट रेटिङ्ग ?

यस कम्पनीलाई बोर्डबाट क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्था ICRA Nepal Limited ले मिति २०७७/०४/१५ गते ICRA NP Issuer Rating Tripple B प्रदान गरेको छ | यस रेटिङ्गको अर्थ यस संस्थाको अवस्था मध्यमस्तरको सुरक्षित कम्पनी जनाउ छ ।

आईपीओबाट उठेको पैसा के गर्छ ?

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणको लागि निष्काशन गरी प्राप्त रकम कर्जा भुक्तानीका लागि प्रयोग गर्ने उल्लेख गरेको छ ।
आईपिओ बिक्रि नभएमा कम्पनीले एनआईबिएल एस क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको छ । अर्थात् बिक्रि नभएको शेयर क्यापिटलले खरिद गर्ने छ । प्रत्याभूति सेवा वापत क्यापिटलले ८ लाख ९६ हजार ९ सय ५२ रुपैयाँ पाउने छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले भने सो सेवा वापत ३ लाख पाउने छ।

को को छन् त संचालक तथा व्यवस्थापक समितिमा ?

संस्थापक /सञ्चालक सम्बन्धी विवरण :-
कम्पनीकोअध्यक्षको रुपमा आशिष सुवेदी रहेका छन्।
कम्पनीको आधारभूत शेयरधनीमा भरत प्रसाद नेपाल, पुर्वान्चल इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि, सावित्री अधिकारी,तारा प्रसाद संजेल,हरी प्रसाद निरौला, डम्बर ब. देउजा, आदर्श नागरीक इनभेष्टमेन्ट कम्पनी प्रा.ली, बडा.संदिप शाह, एकराज पाण्डे र निरा अर्याल रहेका छन् । कम्पनीको संचालकहरुमा आशिष सुवेदी, भरत प्रसाद नेपाल, , मिन राज कडेंल, गम प्रसाद रेश्मी र चन्द्र बहादुर पुन रहेका छन् ।

कम्पनीको ब्यबस्थापन विवरण :-

कुल २७ कर्मचारी रहेको यस कम्पनीको ब्यबस्थापन प्रमुखमा बलदेव बलामी रहेका छन् भने गोबिन्द चालिसे टेक्निकल सल्लाहकार र विष्णु प्रसाद पाण्डे उपकरण प्रबन्धक रहेका छन्।

Related Posts: