इन्फिनिटीले नेपाल एग्रोलाई एक्वायर गर्न , दुबैको असार २१ गते सभा

इन्फिनिटीले नेपाल एग्रोलाई एक्वायर गर्दैछ । यसैले इन्फिनिटी लघुवित्त (ILBS)र नेपाल एग्रो लघुवित्तले असार २१ गते सभा बोलाएका हुन् ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १:०.९८ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । यसर्थ, नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब इन्फिनिटीको नाममा ९८ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ ।
एक्वायरपछि इन्फिनिटीको नामबाट कारोबार हुनेछ । सभा प्रयोजनका लागि इन्फिनिटीले असार ८ गते बुक क्लोज गर्दैछ ।

यता, नेपाल एग्रोको सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे नै सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पनि सभामा पेश गरिदैछ । एक्विजिसन प्रक्रियाका कारण हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का छ ।

Related Posts: