इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्त मर्ज हुने

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्त लाई एक्वायर गर्ने भएको छ । दुवै कम्पनीको आज (असार २१ गते) बस्ने सभाले प्रस्ताब पारित गर्ने छ | एक्वायरपछि इन्फिनिटीको नामबाट कारोबार हुनेछ ।
एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुवै कम्पनीको सभा आज (असार २१ गते) बस्दैछ । जसमा इन्फिनिटीको विशेष सभा र नेपाल एग्रोले वार्षिक सभा गर्न लागेका हुन् । सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १:०.९८ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।

यसर्थ, नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब इन्फिनिटीको नाममा ९८ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ ।
इन्फिनिटीको विशेष सभा संस्थाको मुख्य कार्यालय गैंडाकोट नवलपुरमा बिहान ९ बजे भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । सभा प्रयोजनका लागि इन्फिनिटीले असार ८ गते बुक क्लोज गरिसकेको छ ।

यता, नेपाल एग्रोको सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे नै सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पनि सभामा पेश गरिदैछ । एक्विजिसन प्रक्रियाका कारण हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का छ ।

Related Posts: