जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद सेयर जारी गर्ने

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले १ सय अंकित मूल्यमा ११ करोड कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । यसले साउन ५ गतेदेबाट १:१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । एचआइडीसीएलले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यस हकप्रद सेयरमा लगानीकर्ताले साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Related Posts: