डिप्रोक्सले सेयरधनीसँग गर्यो लाभांश बुझिदिन आग्रह

deprosc

५ वर्ष हुदा पनि लाभांश लिन नआए पछि डिप्रोक्स लघुवित्तले सेयरधनीसँग नगद लाभांश बुझिदिन आग्रह गरेको छ । बैंकले सूचना जारी गरेरै लाभांश लिन बोलाएको हो । सेयरधनीले सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न सक्नेछन् |

नगद लाभांश बुझ्न जादा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिएर जानुपर्नेछ |
तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ ।

Related Posts: