तेह्रथुम पावरको आइपीओ खुला , कति कित्ता भर्ने

तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ताको आइपीओ बिक्री खुला गरेको छ । यसले कुल कित्ताको ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई र बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यसको एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । प्रतिकित्ता १०० रुपैयाँमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ ।

यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ । यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीबाट निर्माणको लागि अगाडी सारिएका माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजनाको ऋण दायित्व भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

कति कित्ता का लागि आवेदन दिने ?

न्युनतम १० कित्ताका दरले बाँडफाँड गर्न हो भने पनि जम्मा ७४ हजार ४ सय जना लगानीकर्ताले मात्र यो आइपीओं हात पार्ने देखिन्छ | त्यसर्थ, यसमा १० कित्ता आवेदन दिए पर्याप्त हुनेछ |

Related Posts: