नेपाल पुनर्बिमा कम्पनीले लाभांश परिवर्तन ; १६.५०% बोनस सेयर र २.५० % नगद लाभांश

नेपाल पुनर्बिमा कम्पनीले लाभांश परिवर्तन गरि १६.५०% बोनस सेयर र कर तिर्ने रकमसहित २.५० % नगद लाभांश दिने भएकोछ |
बिमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनीले यसअघिको १६.५०% बोनस सेयर र कर तिर्ने रकमसहित ३.५०% नगद लाभांश प्रस्ताव गरेको थियो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नेपाल सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिनेछ । सभाबाट पारित भएपछि मात्र लगानीकर्ताको हातमा पर्नेछ ।

Related Posts: