नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मोबाइल एप

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले असार ३० गते मोबाइल एप सार्वजनिक गरेको छ । डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरु उक्त मोबाइल एपबाट प्रधान गर्ने जनाउनुभयो | मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच पुग्ने बैंकको अपेक्षा रहेको छ ।
हाल एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र रहेको यस ‘बेटा भर्सन’एप प्रयोगकर्ताबाट प्राप्त हुने सुझाबको आधारमा यसलाई थप परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ ।

Related Posts: