नेप्सेमा बुलको हाबी ; ५.७४ प्रतिशत बढेर २९८०.७८ विन्दुमा

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशत बढेर २९८०.७८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ११.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.४४ अंक बढेको छ।
यस दिन २२४ कम्पनीको १ लाख ९ हजार पटकको कारोबारमा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक, जलविद्युत र वित्त उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ८.३८ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Related Posts: