नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा जेष्ठ १६ गते बाट

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा जेष्ठ १६ गते बाट आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँ रहेको छ । यस माइक्रोफाइनान्सले ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो जसमा प्रतिकित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँ तोकिएको छ । बोलपत्र मार्फत लगानीकर्ताले न्यूनतम मूल्यलाइ आधार मानेर सो वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन ।

यसको लागि सर्वसाधारण, संघ, संस्था, कम्पनी हरु जसले पनि आवेदन दिन मिल्नेछ जस्मा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन मिल्नेछ ।

Related Posts: