प्रुडेन्सियल इन्सुरेन्सको वार्षिक साधारण सभा असार ६ गते

प्रुडेन्सियल इन्सुरेन्सको (PICL) वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । कम्पनीले हाल कायम १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयरपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ पुग्नेछ । बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१% र सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने एजेन्डा पनि छ ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख १८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।

Related Posts: