फरवार्डको संस्थापक सेयर लिलामी बिक्री खुला

फरवार्ड माइक्रोफाइनान्सले (FOWAD)आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । फरवार्डले आरएमडीसीको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ तोकिएको छ ।
सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १००० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यसमा सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ । असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

Related Posts: