फर्स्ट माइक्रोफाइनान्सले १०% बोनस सेयर दिने निर्णय

फर्स्ट माइक्रोफाइनान्सको (FMDBL) सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिने निर्णय गरेको छ ।
यस लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । फर्स्टले हाल कायम चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको १०% बोनस सेयर प्रस्ताव गरेको हो ।

Related Posts: