बरुण हाइड्रोपावर को चौथो त्रैमासिक विवरण सार्वजनिक

बरुण हाइड्रोपावर कम्पनीले (BARUN) गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ | यसले २५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ६५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा प्रभावित भएको हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २९.६९% ले घटेर ५ करोड ९७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा ५० लाख २४ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा छ ।

Related Posts: