बेस्ट फाइनान्सको साधारण सभा बस्दै ; भदौ ८ गते बुक क्लोज

बेस्ट फाइनान्सले (BFC) साधारण सभा बुधबार भदौ ३० गते बोलाएको छ । यसअघि वैशाख ३१ गते बोलाएको सभा कोरोना भाइरसका कारण लक डाउन जारी भएकाले स्थगित गरिएको थियो ।
सभा प्रयोजनका लागि बेस्टले भदौ ८ गते बुक क्लोज गरिसकेको छ ।

यसले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ | संस्थाले आर्थिक वर्ष २०६७–६८ यता लाभांश वितरण गर्न सकेको छैन ।
यसबाहेक आर्थिक वर्ष २०७६–७७ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ ।

Related Posts: