मनकामना स्मार्टको आइपीओमा आवेदन दिने अन्तिम दिन

असार १७ गतेबाट खुलेको मनकामना स्मार्ट लघुवित्तको आइपीओमा आवेदन दिने सोमबार असार २१ गते अन्तिम दिन हो । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ ।

१७ लाख ६३ हजार ७९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन परिसकेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६३.८४ गुणा बढी हो । मनकामना स्मार्टले १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् ।

Related Posts: