युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने

unique_nepal_laghubitta

युनिक नेपाल लघुवित्तको वैशाख २५ गते बस्न लागेको विशेष सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ। सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।

घोडीघोडा र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने भएपछि आइतबार गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । यता, युनिक नेपालको आइपीओ जारी नभएकाले नेप्सेमा कारोबार हुँदैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ ।

यी दुई कम्पनीहरुबीच गत कात्तिक २१ गतेमर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । सभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने एजेन्ड पनि छ । कम्पनीलाई राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावली संशोधन गर्न परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि छ ।

Related Posts: