युनियन लाइफको आइपीओ साउन १ गते बाँडफाँट गर्ने प्रारम्भिक तयारी

६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको युनियन लाइफ इन्सुरेन्सको आइपीओ साउन १ गते बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा सेयर बिक्री खुला गरेको हो । २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ बाँडफाँटका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरिएको प्रभु क्यापिटलले जानकारी गराएकोे छ ।

युनियनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

Related Posts: