रु रु जलविद्युत परियोजनाले २ आर्थिक वर्षको लाभांश वितरण गर्ने

रु रु जलविद्युत परियोजनाले २ आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । यसले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट करसहित १०.५२६% नगद लाभांश र २०७७–७८ को नाफाबाट १०% बोनस सेयर वितरण प्रस्ताव पेश हुनेछ । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहनेछ ।

यता, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज हुने भएकाले असोज ६ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछ ।

Related Posts: