सहरा विकास बैंकको बोनस सेयर र नगद लाभांश दिने घोषणा

सहरा विकास बैंकको (SHBL) मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–७५, २०७५–७६ र २०७६–७७ को संचित मुनाफाबाट ५.०५% बोनस सेयर र कर प्रयोजनार्थ ०.२७% नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी २८ करोड ६० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

Related Posts: