सूर्या लाइफको तेस्रो त्रैमाससम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा

चालु आर्थिक वर्षको सूर्या लाइफ इन्सुरेन्सले तेस्रो त्रैमाससम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ५५.८८% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा गरेको थियो ।

सूर्या लाइफको रिजर्भ कोष ३४.७१% र जीवन बिमा कोषमा पनि ५०.८०% ले सुधार भएको छ । खुद बिमा शुल्क पनि ८२.५४% ले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै बढेका हुन् ।

Related Posts: