
एनआरएन इन्फ्रस्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
पौष १४, बुधबार
एनआरएन इन्फ्रस्ट्रक्चरको ५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५% बोनस सेयर र ०.२६% नगद लाभांश (कर तिर्न) वितरण गर्न लागेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले भोलि पौष १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न पाउनेछन् । कम्पनीको सभा अम्रापाली बैंक्वेट, काठमाण्डौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।