
तिन संस्थाको साधारण सभा आज बस्दै ; कुनले कति लाभांश दिने ?
सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौं वार्षिक साधारण सभा आज शुक्रबार पुस १६ गते गर्ने भएको छ । कम्पनीले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । य
सूर्योदय लघुवित्त र वोमी लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुन लागेका हुन् । सभामार्फत मर्जर समितिले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित हुनेछ ।
यस्तै, प्रस्तावित बोनस सेयर र वोमी लघुवित्त गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ । वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि दिइसकेको छ । यसअघि दुवै कम्पनीबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।
आज शुक्रबार पुस १६ गते वोमी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा बस्दैछ। सभामा कम्पनीले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
घलेम्दी हाइड्रोपावरको आठौ वार्षिक साधारण सभा आज शुक्रबार पुस १६ गते बस्दैछ । लाभांश वितरण सम्बन्धी कुनै एजेन्डा नराखी सभा बस्ने भएको हो |
कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ ।