
नेपाल राष्ट्र बैंकले बैंकहरुसँग माग्यो २० वर्ष पुरानो निक्षेप, विकास कोषमा जम्मा गर्न आदेश
पौष २९, बिहिबार
नेपाल राष्ट्र बैंकले बैंकहरुसँग गत २० वर्षसम्ममा दावी नपरेको निक्षेप केन्द्रिय बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न विज्ञप्ति निकालेको छ । बैकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्वन्धि विवरण भने बैंक आफैले सुरक्षित राख्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ । यस निक्षेपमा कानुनी प्रकृया पुरा गरी दावि गर्न आएमा हकवालाले प्रमाण सहित राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । आवश्यक कागजजात सहित दावि पर्न गयमा सो निक्षेप फर्ता पाइने राष्ट्र बैंकले जनाएको छ ।
