
पौष मसान्तमा २२ कम्पनीको साधारणसभा एकैदिन ; कुनले कति लाभांश पारित गर्दै ?
पौष ३०, शुक्रबार
आज एकैदिन २२ कम्पनीको साधारणसभा परेको छ । पौष मसान्त अर्थात चालु अर्थिक वर्षको ६ महिना भित्र कम्पनीहरुले साधारणसभा नगरेमा नेप्सेले कम्पनी वर्गिकरणमा घटुवा र जरिवाना समेत तिराउने भएकाले पौष अन्तिम तिर कम्पनीहरुको साधारणसभा गर्ने चटारो परेको हो । बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढिको भेला गर्न वा गराउनमा रोक लागाएपछि प्राय कम्पनीहरुले भौतिक रुपमा गरिने भनिएको साधारणसभा भर्चुयल माध्यमबाट हुने भएको छ । आज साधारणसभा हुने २२ कम्पनीमध्य ५ वाणिज्य बैंकहरु रहेका छन् । वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक, हिमालयन बैंक, नबिल बैंक र सिद्दार्थ बैंकको आज साधारणसभा रहेको छ । यस्तै, एक विकास बैंकमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । ५ लघुवित्तहरुमा फर्वार्ड लघुवित्त,जनउत्थान लघुवित्त, आरएमडीसी, कालिका र आँधिखोला लघुवित्तले आज सभा आह्वान गरेका छन् । मल्टिपर्पस, रिलायान्स, पोखरा, समृद्धि र सेन्ट्रल फाइनान्स गरि ५ फाइनान्सको पनि आज साधारणसभा हुँदैछ । हाइड्रोमा कालिका पावर, मैलुङ खोला, हिमालयनपवर कम्पनी, खानिखोला र छ्याङ्दि हाइड्रोपावरको साधारणसभा आज हुँदैछ भने एक इन्सुरेन्समा सानिमा जनरल इन्सुरेन्सले पनि साधारणसभा आजै बोलाएको छ ।
प्राय सबैजसो कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेका छन् । कतिपय कम्पनीहरुले उपयुक्त कम्पनीसँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद जारी गर्ने, सञ्चालकको निर्वाचनलाई पनि वार्षिक साधारण सभाको एजेण्डामा राखेका छन् ।
