
नेप्सेको साधारणसभा सम्पन्न ; खुद मुनाफा १ अर्बले वृद्धि
पौष ३०, शुक्रबार
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४० औं वार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । सम्पन्न भएको साधारणसभामा नेपाल स्टक एक्सचेञ्चले १००% नगद लाभांश र ६६.६७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ४० औं वार्षिक प्रतिवेदनमा नेप्सेले यस आर्थिक वर्षमा १ अर्ब भन्दा बढि खुद मुनाफा कमाएको देखाएको छ । कम्पनीले खुद मुनाफा ४८०% ले वृद्धि गरि १ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको कर्मचारी खर्चमा ९ लाख ६२ करोड रहेको छ भने प्रशासनिक खर्चमा १० करोड ३७ लाख रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ७ करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष कुल चालु सम्पत्ति १ अर्ब ९५ करोड रहेको थियो । कम्पनीको कुल पूँजी तथा दायित्तव ९ अर्ब रहेको छ भने जम्मा बिस्तृत आय २ अर्ब २२ करोड रहेको छ ।