
आई.एम.ई. लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आई. एम. ई. लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने बिश्वास कम्पनिले लिएको छ ।

लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आई. एम. ई. लाइफ इन्स्योरेन्सले आज भन्दा करिव एक बर्ष पहिलेबाट च्याटबोट सेवा उपलब्ध गराएको हो । च्याटबोट सेवा मार्फत् बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारीलिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नंं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत् तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् । यो सेवा सञ्चालनमा आए सगै कंम्पनीका बीमित, अभिकर्ता र कम्पनी सँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन सक्नेछन् ।
एक बर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीद्वारा जनाइएको छ । थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाईएको छ । बितेको एक बर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हाल सम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधि मैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ ।

हालको कोरोना भाइरस महामारी रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबोट सेवा हाम्रा आदरणीय ग्राहकबर्गहरूमा बरदान सावित हुनेछ भन्नेमा कम्पनी विश्वस्त रहेको छ । तसर्थ कम्पनीले बीमित, अभिकर्ता र अन्य सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई यो सेवाको भरपुर प्रयोग गरी आफूले पाउन सक्ने सम्पूर्ण सेवा लिन हार्दिक अनुरोध व्यक्त गरेको छ ।
सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरि कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरि नयाँ स्वरुपमा आएको च्याटबोट आई.एम.ई. लाइफ डाइरेक्ट एक प्रकारले आई.एम.ई. लाइफको भर्चुअल कार्यालयको रुपमा आफुलाई उभ्याउन सफल हुने तथा बढि भन्दा बढि ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई सेवा दिन सफल हुनेमा आफु बिश्वस्त रहने कुरामा कम्पनी बिस्वस्त रहेको छ ।