
कति घट्यो त सुन-चाँदीको मूल्य?
माघ २, आईतबार
माघ महिना सुरु भए संगै विवाहको सिजन आएको छ ।
आज आईतबार छापावाल सुनको मूल्य तोलाको ३०० रुपैयाँ घटेर ९२ हजार ४०० रुपैयाँमा र चाँदीको मूल्य १० रुपैयाँ घटेर १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै, तेजावी सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ पुगेको छ ।