
जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको तीन बर्षको साधारणसभा आज बस्दै
माघ ३, सोमबार
जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५, ६, र ७ औं वार्षिक साधारणसभा आज बस्दैछ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेको छ । । साथै, प्रबन्ध सञ्चालकको नियुक्त गर्ने एजेण्डा पनि रहेको छ । यस कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई खाली हात पार्ने भएको छ । सभामा कम्पनीले कुनैपनि लाभांश वितरण सम्बन्धी प्रस्ताव पेश गरेको छैन ।
सभा बिहान ११:३० बजेबाट ल्यान्डमार्क हल, दरबारमार्ग, काठमाडौँमा सुरु हुनेछ ।