
जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, कारण के रहेछ ?
माघ ४, मंगलबार
माघ ३ गते सोमबारका दिन बस्ने भनिएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ तीनवटा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा एकैसाथ बस्ने भएको थियो । गणपूरक संख्या(कोरम) नपुगेको कारणले सभा स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ । बढ्दो कोरोना भाइरस संक्रमंलाई मध्यनजर गर्दै साधारण सभाको मिति, समय र स्थान तोकी सूचना सार्वजनिक गरिनेछ भनि कम्पनीले जानकारी दिएको छ ।
सभामा तीनवटा आर्थिक वर्षको नाफानोक्सान र नगद प्रवाह जस्ता विभिन्न विषयमा वार्तालाप गर्ने एजेन्डा बनाएको थियो भने लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको थिएन । सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने पनि एजेन्डा रहेको थियो । सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ ।