
प्रिमियर इन्सुरेन्स कम्पनीको १४.२५% बोनस सेयरमा मूल्य समायोजन
माघ ५, बुधबार
प्रिमियर इन्सुरेन्स कम्पनी(नेपाल) लिमिटेडको १४.२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०६१.७१ निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १२१३ रहेको थियो । सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको हो ।
