
छ्याङदी हाइड्रोपावर कम्पनीको ३०% हकप्रद सेयर निष्काशन गरिँदै
माघ ०५, बुधबार
छ्याङदी हाइड्रोपावर कम्पनीले ३०% हकप्रद सेयर निष्काशन माघ ११ गतेबाट गर्ने भएको छ । कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरको लागि कम्पनीले पौष २१ गते बुक क्लोज गरेको थियो । तसर्थ, पौष २० गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
यस हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदको लागि आवेदन धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति फागुन २ गतेसम्म रहेको छ । कम्पनीको यस हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले “CARE NP-BB” दिएको छ जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको बताउछ ।