
खुद नाफा २५% ले बढाएको निफ्राको इपीएस घट्यो
माघ ०६, बिहिबार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा २५.६६% ले बढेर ८२ करोड ४९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ५७ करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४४.६१% ले बढेर ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २५.५७% ले बढेर ६३ करोड २३ लाख २१ हजार रूपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजीमा केहि हेरफेर भएको छैन भने जगेडा कोष ७.५९% ले बढेको छ । हाल बैंकको चुक्ता पुँजी २० अब रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८४ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १.४४% ले घटेर ४ रुपैयाँ ४३ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ ।