
एकैपल्ट पाँच कम्पनीको आइपीओ आउँदै , लामो समयपछि आइपीओको खडेरी टर्दै ; लगानिकर्ताहरु उत्साहित
माघ ०६, बिहिबार
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयपछि एकैपल्ट पाँच कम्पनीको आईपीओ जारी गर्न अनुमति दिने भएको छ । पाँच कम्पनीमध्य दुई हाइड्रोपावर कम्पनी रहेका छन् भने तीन लघुवित्त संस्था रहेका छन् । यि पाँच कम्पनीहरुको आईपीओ निष्काशन केहि दिनमा धितोपत्र बोर्डको सञ्चालक समितिले सहमति जनाएपछि मात्र हुनेछ ।
बलेफि हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रिन भेन्चर लिमिटेडले ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्न लागेका हुन् । यि दुबै कम्पनीले स्थानिय र सर्वसाधरणको लागि आईपीओ निष्काशन गर्न लागेको हो । बलेफि हाइड्रोपावरको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ भने ग्रिन भेन्चरमा लक्ष्मी क्यापिटल रहेको छ ।

यस्तै तीन लघुवित्तमा नेस्डो लघुवित्त, जाल्पा सामुधायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त रहेका छन् । नेस्डो लघुवित्तले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्दैछ । जाल्पा सामुधायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्दैछ ।


बिक्रीको लागि सम्पूर्ण काम भइसकेको र अब धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकबाट छिट्टो नै सहमति गरि प्रकृया अगाडि बढाउने सुचना अधिकृत दिपा दहालले लगानिसुत्रलाई बताउनु भएको छ ।