
बिहीबार १२,३३८ जनालाई कोरोन संक्रमण पुष्टि
आज बिहीबार नेपालमा १२,३३८ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको जम्मा २७,४९७ परिक्षणमा १२,३३८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।
पछील्लो २४ घण्टामा ४ जनाको मृत्यु भएका छन् भने ६४९ जना कोरोना मुक्त भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्रै २६,६९८ जना सकृय सङ्क्रमित रहेका छन् ।