
नयाँ प्रविधिकासाथ भित्रीयो इ-क्याब नेपाल ; क्याब ट्रयाक गर्न सकिने
माघ ०९, आइतबार
नयाँ प्रविधिकासाथ भित्रीएको इ-क्याब नेपालले शुक्रबाट आफ्नो सेवाको शुभराम्भ गरेको छ । शुक्रबार एक कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यस सेवाको उद् घाटन गरेका हुन् ।
इ-क्याब नेपालले नेपाल मै पहिलोपल्ट क्यु आर (QR code) कोड सहितको एप्मार्फत सेवा दिन लागेको हो । विभिन्न देशहरुमा सञ्चालन भइरहेको विदेशी डिजिटल प्रविधिको प्रयोग गरि ल्याइएको यस सेवामा सेवाग्राहीले डिजिटल भुक्तानी वा सोझैँ नगद भुक्तानी गर्न सक्नेछन् । इ-क्याबमा एक नयाँ प्रविधि जडान गरिएको छ जसमा क्याब कहाँ छ र कुन बाटो जाँदै छ भन्ने कुरा यात्रीको साथी र परिवारले एसएमएस वा इमेल मार्फत तत्काल जानकारी प्राप्त गर्न सक्नेछन् । कुनै ठाउँ जान अघि राइड भेरिफिकेसन कोड निश्चित गरिनुपर्ने हुन्छ ।

बेलायतमा बसोबास गर्दै आएका युवाद्वारा सञ्चालित यस इ-क्याब नेपालले यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखी यस सेवा दिन लागेको हो । इ-क्याब नेपालका अध्यक्ष दिपक श्रेष्ठले यस सेवा निकै नै सहज र सहुलियत मूल्यमा सञ्चालन गर्न लागेको र यसलाई नाफाभन्दा बढि आफूहरुले सेवामा केन्द्रित रहेको बताएका छन् । यस सेवा लिने सेवाग्राहीले आफू नठगिने र समान छुटेपनि चिन्ता नलिन पर्ने उनले बताएका छन् ।
