
साइन रेसुंगा विकास बैंकको खुद नाफा ३३.५९% ले बढ्यो
माघ १०, सोमबार
साइन रेसुंगा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ३३.५९% ले बढेर ३४ करोड ८८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४१.५३% ले बढेर ८० करोड ८५ लाख ३७ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३४.०८% ले बढेर ४९ करोड ८३ लाख ३५ हजार रूपैयाँ पुगेको छ ।
यसको चुक्ता पूँजी १०.९३% ले बढेको छ भने जगेडा कोष ४.९३% ले घटेको छ । हाल बैंककोको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३७ करोड ३६ लाख ३१ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ३.१३% ले बढेर १८ रुपैयाँ ४५ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३३ पैसा रहेको छ ।