
लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै
माघ १०, सोमबार
लुम्बिनी विकास बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् तर बिक्री गर्ने मूल्य भने सार्वजनिक गरिएको छैन ।
बैंकको संस्थापक सेयरधनीले मात्र सेयर खरिद गर्न सकिने भएकाले इच्छुक व्यक्तिले आजको मितिबाट ३५ दिन भित्रमा बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । निर्धारित समयमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।