
एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
माघ ११, मंगलबार
एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले २५% बोनस सेयर र २% नगद लाभांश दिन लागेको हो । कम्पनीले भोलि माघ १२ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । सभा माघ २१ गते बिहान ११:३० बाट होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा सुरु हुनेछ ।