
भालु र साँढेको जुधाईमा नेप्से , पहिलो घण्टा मै धेरै अंकको उतारचढाव
माघ ११, मंगलबार
हिजो माघ १० गतेको १०० अंकको गिरावत पछि आज नेप्सेमा पहिलो १ घण्टा मै धेरै उतारचढाव आएको छ । २८२७.७५ बाट सुरु भएको नेप्से सुरुवाती १५ मिनेटमा निकै मुनि झरेको थियो । ११:१६ सम्ममा २७८१.७३ अंकमा पुगेको नेप्से ११:१६ पश्चात लगानिकर्तालाई लोभ्याउदै निकै माथि बढेको थियो । ११:३१ मा २८४३.७६ सम्म पुगेर फेरि तल लागेको थियो भने २८०४.६१ बाट नेप्से पुन माथि फर्केको छ ।
यसरी १ घण्टा मै निकै अंकका साथ उतारचढाव आउनुले नेप्सेमा भालु र साँढेको घमसान युद्ध चलिरहेको देखाउँछ । १०० अंकको गिरावतपछि यस्तो इन्डिसिजन हुनुले बजारमा करेक्सन सकिएको र फेरी माथि जाने सम्भावना पनि बलियो रहने हुन्छ । यद्दपि, कारोबार समय बन्द हुन अझै ३ घण्टा बाँकी नै रहेको छ ।