
बरुण हाइड्रोपावरको दोस्रो त्रैमासिक विवरण सार्वजनिक, नाफामा चमत्कारी वृद्धि
माघ ११, मंगलबार
बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १५८.२६% ले बढेर २ करोड २७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रिबाट आम्दानी फस्टाएसँगै कम्पनी स्वत नाफामा गएको हो ।
यस त्रैमासिक अवधिमा हेवा खोला जलबिद्युत आयोजना पूर्ण रुपमा सञ्चालन भएकोले गर्दा कम्पनीको नाफा ह्वात्तै बढेको हो ।
त्यसकारण, एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५८.७७% ले बढेर ५ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।
गत वर्ष यसले विद्युत् बिक्रीबाट ३ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १६ रुपैयाँ ९५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५० पैसा रहेको छ ।