
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम मौका
माघ १२, बुधबार
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिन आज बुधबार अन्तिम दिन रहेको छ । यस बैंकले १०० रुपैयाँको दरले १:१ अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले मंसिर २४ गते बुक क्लोज गरेको थियो । तसर्थ, मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदको लागि आवेदन दिन पाउनेछन् ।
इक्रा नेपालले बैंकलाई “इक्राएनपी आईआर सिंगल सी प्लस” रेटिङ प्रदान गरेको छ जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ । यस हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस हकप्रदमा आवेदन दिन ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट सकिनेछ । साथै, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका र मेरोसेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।