
नेशनल लाइफ इन्सुरेन्सले गर्यो लाभांश घोषणा
माघ १३, बिहिबार
नेशनल लाइफ इन्सुरेन्सको हिजो माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २०% लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले १९% बोनस सेयर र कर प्रयोजनार्थको लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।