
एक्सेल डेभलपमेन्ट बैंकको नाफा घट्यो
माघ १३, बुधबार
एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५२.६६% ले घटेर ४ करोड ७० लाख २९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ९ करोड ९३ लाख ३५ हजार रुपैयाँ खुद नाफा घाटामा थियो । कम्पनीको खुद ब्याज आम्दानी १६.६०% ले घटेर २० करोड ४४ लाख ६८ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५२.६६% ले घटेर ६ करोड ७१ लाख ८५ हजार रूपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी ४२% ले बढेको छ भने जगेडा कोष १०.२९% ले बढेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा २६ करोड ५५ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ८ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५६ पैसा रहेको छ ।