
गुडविल फाइनान्सको नगद लाभांश सेयरधनीको बैंक खातामा
माघ १३, बुधबार
गुडविल फाइनान्स कम्पनी लिमिटेडले पौष १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ३.९% नगद लाभांश पठाएको छ । नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न कम्पनीले जानकारी दिएको छ । तोकिएको मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
पौष २९ गतेका दिन बसेको बैंकको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.९% नगद लाभांश र ९.१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।