
अजोड इन्सुरेन्सले डाक्यो साधारणसभा , के-के छन् प्रस्ताव ?
माघ १४, शुक्रबार
अजोड इन्सुरेन्सको चौथो वार्षिक साधारणसभा फाल्गुन ६ गते गर्ने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेको छ । यस कम्पनीले लाभांश सम्बन्धि कुनै प्रस्ताव पेश गर्ने छैन ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने छ । सभा भर्चुयल माध्यमबाट बिहान ११ बजेदेखि त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डिइसिसि अमन हल तेस्रो तल्लामा सुरु हुनेछ ।