
चिलिमे जलविद्युत्द्वारा नगद लाभांश सेयरधनीको खातामा
माघ १४, शुक्रबार
चिलिमे जलविद्युत् कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ७.५% नगद लाभांश पठाएको छ । नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न कम्पनीले जानकारी दिएको छ ।
पौष २३ गतेका दिन बसेको कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.५% नगद लाभांश र ७.५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।