
सपोर्ट लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफामा आकर्षक वृद्धि
माघ १४, शुक्रबार
सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १००.२८% ले बढेर ८ करोड ५० लाख ८१ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको ४ करोड २४ लाख ८१ हजार रुपैयाँ खुद नाफा रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी ८१.५९% ले बढेर १७ करोड ९५ लाख २ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०२.३०% ले बढेर १३ करोड ५० लाख ५० हजार रूपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी २५.२९% ले बढेको छ भने जगेडा कोष ३३.३४% ले बढेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ३० लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा रहेको छ ।